काठमाडौँ, ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी…