विस्फोटक पदार्थ आयातमा फेरि भारतको अवरोध

काठमाडौँ, १० कार्तिक । भारतले विस्फोटक पदार्थ आयात अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन आनाकानी गर्दा तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् । भारतीय दूतावासले विद्युत् आयोजनाको लगानीकर्ता र ठेकेदार कम्पनीका सेयरधनीको विवरण, उपकरण आयात गरिएका देशको विवरणजस्ता कागजात पनि माग्दै एनओसी रोक्न थालेको प्रवर्द्धकहरूले बताएका छन् ।  आयात प्रक्रियासँग असम्बन्धित कागजात मागेर भारतले…