काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सय दिनमा स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरू सुरु गरिएका छन् । स्वास्थ्यमा केही मुख्य प्राथमिकता तोकेर प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग १० बुँदे कार्य सम्पादन सम्झौता गरेका थिए । सम्झौताको प्रगति सकारात्मक देखिन्छ । सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । राजधानीमा सबैभन्दा धेरै बिरामीको भीड…