काठमाडौँ, २ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका मुद्दालाई मन्त्रालयले कार्यान्वयनमा लाने गरी काम गरेको बताएका छन् । सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी आज मन्त्रालय पुगेका थिए । मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको बताएका थिए ।…