काठमाडौँ, १७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा १२ तले भवन निर्माण गर्दा भ्रष्टाचार भएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । भवन निर्माणसम्बन्धी कागजात नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेको हो । बुधबार अख्तियारबाट इन्जिनियरसहितको टोली भवन रहेको स्थलमा पुगेर प्राविधिक नापजाँच पनि लिएको छ । २ अर्बभन्दा बढी रकम लागत देखाइएको भवन…