उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, १५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरेको छ ।  प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, विपद्पश्चात् तत्काल उद्धार, राहतको प्रभावकारी व्यवस्था मिलाउन आयोगले सरोकार भएकालाई आग्रह गरेको हो । उद्धार गरी अस्थायी रुपमा प्रभावितलाई…