एनआरएनएद्वारा बाढीपहिरोपीडितलाई एक करोड सहयोगको घोषणा

काठमाडौँ, १४ असोज । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, आइतबार भएको भर्चुअल बैठकमा एनआरएनए पदाधिकारीले पहिलो चरणमा तत्काल बाढीपीडितका निम्ति एक करोड सहयोग गर्ने निर्णय गरेका हुन्…