बाढी पहिरो प्रभावितका लागि एमालेले ५० लाखसहित सांसदहरूको १५ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ, १५ असोज । नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।  उपमहासचिव पृथ्वीसुव्वा गुरुङका अनुसार आज बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । उनले भने, ‘एमालेले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने…