स्वास्थ्य मन्त्रालयद्वारा कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन 

काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन दिएको छ । मन्त्रालयले मातहतका सबै निकायका निम्ति मंगलबार सूचना जारी गर्दै कार्यालय समयमा टीएमएस ट्रेड म्यानेज्मेन्ट सिष्टम (टीएमएस) प्रयोग नगर्न भनेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ…