काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्ने उल्लेख गर्नुभएको छ । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप आफैले आफ्ना लागि तय गरिएको शासन प्रणाली र जनताले जुनेको संविधानसभाले बनाएको संविधानका कारण लोकतन्त्रका सबैभन्दा शक्तिशाली जनता…