काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः०० बजेदेखि कार्यान्वयन हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन् । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै…