पुसभित्र महाधिवेशन गर्नैपर्छ : महामन्त्री शर्मा

काठमाडौँ, २३ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुसभित्र महाधिवेशन गर्नैपर्ने बाध्यतामा पार्टी रहेको बताएका छन् । आज सामाजिक सञ्जालबाट महामन्त्री शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले उनीहरूको मागलाई सम्बोधन गर्नैपर्ने बताएका हुन् । उनले भनेका छन्, "नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन…