काठमाडौँ, २४ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट आज मधेश प्रदेशका मन्त्री कन्चन बिच्छालाई प्रदेश सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिनुभएको छ । आज नै एमालेका नेता सरोज यादवको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । उक्त सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका थिए…