काठमाडौँ, २ भदौ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आज बसेको बैठकमा सैद्धान्तिक छलफलपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले…