काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको बैठक अब सोमबार हुने भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले बैठक सारिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।