काठमाडौँ, ५ साउन । उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति भएको घटनासँग मिल्दोजुल्दो रहेको सुरक्षाविज्ञले टिप्पणी गरेका छन् । अवकाश प्राप्त नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, पूर्वप्रशासक र कानुनी मामिला जानकारहरूले उपसभामुखको पत्रमाथि छानबिनसमेत हुनुपर्ने बताएका हुन् । पूर्वडीआईडी हेमन्त मल्लले उपसभामुख रानाको भनाइहरूलाई पटक–पटक हेर्दा फरक–फरक…