विदेश पलायन हुने युवा जनशक्ति रोक्न उद्योग सञ्चालन गर्नुपर्छ :  मन्त्री भण्डारी

काठमाडौँ, ३ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उनले मुलुकमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरूलाई स्वदेश फर्काउन सकिने बताए…