उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, ३ साउन । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । त्यस्तै रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमा समेत सघाउन तयार रहेको…