काठमाडौँ, ७ असार । आजदेखि मेलम्ची नदीको पानी काठमाडौँ पठाउन बन्द गर्ने भने पनि तत्काल बन्द नहुने भएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर काठमाडौँ उपत्यकामा पानी पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने…