बुटवल, ८ कार्तिक । नेपाल विद्युत प्राधिकरणले बुटवल-भैरहवा औद्योगिक करिडोरका १० उद्योगमा शुक्रबार साँझ देखि विद्युत लाइन काटिदिएको छ । प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए ।…