काठमाडौँ, ४ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको बताएका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् ।…