काठमाडौँ, १८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने धेयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने…