Banner News

गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन् । 

आज सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा बिफ्रिङ गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन तलमाथि नभइ एकढिक्का भएर जाने बताएका हून् । 

उनले भने, “गठबन्धन तलमाथि हुँदैन । एकढिक्का भएर जान्छ । माधव कमरेडको कुनै समस्या हुँदैन । कुराकानी भइरहेको छ, बजेटको डिफेन्स गर्नुस् ।”