अहिले राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने अवस्था छ : अध्यक्ष नेपाल

काठमाडौँ, १८ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने बताएका छन् । देवशंकर पौडेलको लिखुसँग आत्मसमर्पण विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू नेपालको राजनीति सहज ढंगले अगाडि बढोस् भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘राजनीति सहज ढंगले अगाडि बढ्नको लागि यात्रामा महत्त्वपूर्ण जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ…