काठमाडौँ, १४ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले संक्रमणकालीन न्यायलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गिरीले आवश्यक कानुन बनाएर अगाडि बढ्ने बताए । सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानवअधिकार आयोगको सुझाव तथा सिफारिस, अन्तर्राष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र दीगो शान्ति…