सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ, ३ जेठ । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आज न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासले मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीको रिट खारेज गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार रिट खारेज गर्ने र निर्देशनात्मक आदेश जारी…