काठमाडौँ, २७ वैशाख । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखापरीक्षण हुन जरुरी रहेको बताएकी छन् । आज काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखापरीक्षण हुन अत्यन्त जरुरी रहेको बताइन् । उनले देशको सरकारी तथा निजी क्षेत्रमा…