अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, २६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक रहेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले राजनीतिका लागि पटक-पटक संघर्ष र दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने बताए । आर्थिक विकास र समृद्धिमै केन्द्रित…