पोखरा, २२ वैशाख । नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उदघाटन गर्नु भएको थियो । थापाले एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र विकासका नमुना बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीले…