राजनीतिक अस्थिरता विकासका निम्ति घातक : प्रवक्ता महत

काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका निम्ति घातक रहेको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको जिकिर गरे । जसले अस्थिरता निम्त्याए पनि लोकतान्त्रिक आन्दोलन र विकासका निम्ति यो घातक रहेको उनले उल्लेख गरे । उनले चाँडै…