काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले एमालेको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको भन्दै एमाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको दाबी गरे । महासचिव पोखरेलले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका…