साढे ५ महिनादेखि त्रिपालभित्रै सरकारी कार्यालय

जाजरकोट, ५ वैशाख । जाजरकोटको खलंगास्थित जिल्ला प्रशासन कार्यालयको आँगनमा ५ वटा टेन्ट गाडिएका छन् । जहाँ एउटा त्रिपालमा प्र्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यको कार्यकक्ष छ भने अन्य त्रिपालबाट अरू शाखाको काम भइरहेको छ । ती टेन्ट र कागजातको सुरक्षाका लागि ५ जना प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेका छन् । गत कात्तिक १७ मा जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा…