Banner News

अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रमेश लेखक



काठमाडौँ, ४ बैशाख । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छ ।

उनले लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब संसदीय समिति–समिति भन्दा त अगाडि बढ्छ । राजीनामासम्म पुग्छ,’ उनले भने ।

सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए । उनले भने, ‘सहकारीबाट रित नपुर्‍याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ । त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ ,’ ।