प्रधानमन्त्री प्रचण्डलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राध्यापक एवं प्राज्ञिक समूहले ध्यानाकर्षण गराएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा योग्यताका आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद व्यक्त गर्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन् । उनीहरूले विश्वविद्यालय र सबै शैक्षिक संस्थामा राजनीतिको गन्ध आउन दिनु नहुनेमा जोड दिए ।…