प्रदेश सरकारको बजेटले खुमबहादुरको सालिक

दाङ, १७ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार दलबलसहित लमही नगरपालिका–९ अमिलिया आइपुगे । पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा प्रदेश सरकारको खर्चमा बनाइएको खुमबहादुर खड्काको सालिक अनावरण गर्न काठमाडौंबाट दाङ हान्निएका थिए । कांग्रेसका दिवंगत नेता खड्का, जो गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा भ्रष्टाचारी ठहर भई सर्वोच्च अदालतको फैसलाबाट कैद सजाय र जरिवाना भुक्तान गरेका व्यक्ति…