निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले दलहरूलाई बोलायो

काठमाडौँ, २२ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको हो ।  आयोगले यसअघिका निर्वाचनमा वडा सदस्यसम्म निर्वाचित दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ ।