निकोलस भुसाल पक्राउ

काठमाडौँ, २३ असोज । काठमाडौँको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । आज प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।