काठमाडौँ, १३ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वान गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’ उनले मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल…