वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गर्दैछन् : सभामुख घिमिरे

काठमाडौँ, ३ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र सम्पूर्ण नागरिकहरूले सामना गरेर अघि बढ्नको लागि एकतावद्ध हुन जरुरी रहेको बताए । उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबिच एकता रहेको बताए ।…