काठमाडौँ, १४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नक्साल भगवतीको शक्तिपीठको दर्शन गरेका छन् । महाष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल पुगेर दर्शन गरेका हुन् । अन्य शक्तिपीठमा भने भेटी पठाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।