सरसफाईलाई जीवनको अभिन्न अंगको रुपमा लिनुपर्छ: मन्त्री यादव

ललितपुर, १३ माघ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र राय यादवले मानिसको जीवन र समाजको वातावरण सुधारको लागि सरसफाई पहिलो आवश्यकता रहेको बताउनुभएको छ । ललितपुर चक्रपथ र मुख्य सडक सफाई तथा सुन्दरता अभियान २०७५ को ५औं वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सरसफाई जीवनको अभिन्न अंग जस्तै भएको उल्लेख गर्नुभयो ।…