राजनीति

भोलिदेखि गगन थापाको संवाद यात्रा



काठमाडौँ १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा शनिवार बिहान ८  बजेदेखि मेची—महाकाली संवाद यात्रामा निस्कने भएका छन् ।

महामन्त्री थापाको माघ २६ गतेसम्म संवाद यात्रा जारी रहने व्ह्ह । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।  

पार्टीका कार्यकर्ता र जनताका गुनासा—सुझाव सुन्न झापाको छोटी भन्सारबाट भोलि संवाद यात्रा सुरु हुने उनको भनाइ छ । १३ दिने संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम छ ।