काठमाडौँ, १४ असोज । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘अनधिकृत’ रूपमा सुविधा लिइरहेका तीन पूर्वअधिकारीले सवारीसाधन फिर्ता गरेका बताएका छन् । पूर्वसभामुख/राष्ट्रियसभाका पूर्वअध्यक्षहरूमध्ये कृष्णबहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरेका उनले जानकारी दिए । “कानुनमा सवारीसाधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रियसभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तीज्यू र गणेशप्रसाद…