काठमाडौँ, १३ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिको द्वन्द्वको चपेटामा परेको दावी गर्नुभएको छ । भदौ २३ र २४ को जेन जी आन्दोलनपछि विकसित घटनाक्रमले नेपालमा विदेशी शक्तिहरुको खेल बढेकोप्रति संकेत गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ…