काठमाडौँ, १२ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवालको नियुक्तिपछि डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताको महसुल बक्यौता असुलीसम्बन्धी कारबाहीलाई तीव्र पार्ने संकेत देखिएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गरेको हो । सूचनाअनुसार, प्राधिकरणले डेडिकेटेड फिडर तथा…