हामीले जनताको बहुदलीय जनबादको मर्म र भावना अनुसार विद्यमान अर्थतन्त्रमा ढाँचागत परिवर्तन गरि गतिशिलता ल्याउन जरूरी छ । सामन्तबादी र पूजिबादी अर्थव्यवस्थामा हुने ज़्याला र नाफा बीचको स्वरोजगारीमूलक र न्यायोचित प्रतिफल हुन सक्ने आर्थिक प्रणालीको विकास जरूरी छ । हाम्रो जनबादी अर्थव्यवस्था पुंजीबादी र समाजबादी दुबै चरित्र भएको मिश्रित अर्थतन्त्र भएकाले पनि श्रमजीवी र पूँजीपति…