राजनीति

सभामुख घिमिरेद्वारा विपिन जोशीको जीवन रक्षा गर्न अपिल



काठमाडौँ, १८ पौष । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवन रक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् ।

आज नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन् ।

‘नेपालको संसद् र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ सभामुख घिमिरेले राजदूतसँग भने । सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको पनि बताए ।