जनकपुर, ४ पौष । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ । नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् । यही पुस ५ र ६ गते कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन गर्दैछ…