काठमाडौँ, ११ असोज । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टका विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिष–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले शुक्रबार एक समारोहबीच एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षरण गरे । यससँगै…