काठमाडौँ, ९ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलूपता नभएको बताएका छन् । आजदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई निकै जटिल, विकराल र गम्भीर भएको पनि बताएका छन् । उनले भने, “आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि…